गैँडाकाेट नगरपालिका वडा नं २, ३, ५ र १८ मा वडा बाल समूह सञ्जाल गठन

२०८३ कार्तिक १० सोमबार १९:२५:०० मा प्रकाशित

गैँडाकाेट  वडा नं २  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं २ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले  वडा बाल समूह सञ्जालको गठन गरेको छ। 
समितिको अध्यक्षमा कुशल न्याैपाने, उपाध्यक्षमा रितिसा तिमल्सेना, सचिवमा प्राञ्जल घिमिरे, कोषाध्यक्षमा स्विकृति श्रेष्ठ, सहसचिवमा सुजेन पाेख्रेल, सदस्यहरुमा पार्थ भुसाल, रिदम पाेख्रेल, निर्जल पाैडेल, अभिश्री क‌ंडेल, क्रिसा मर्याङ्गी मगर, रेमन भण्डारी, जस्टिन खनाल र सुशान्त रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिकाे रुपमा कृशला न्याैपाने र अभिश्री कंडेल चयन हुनुभएकाे छ ।

सो भेलामा बालमैत्री सम्पर्क व्यक्ति एवं वडा सदस्य साकिला परियार, बालमैत्री नगर सहजकर्ता केशर रानाभाट,बालमैत्री वडा सहजकर्ता सागर भण्डारी सापकाेटा, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले गर्नुभएकाे थियाे । 

गैँडाकाेट  वडा नं ३  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं ३ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले बाल समूह सञ्जालको गठन गरेको छ। 

समितिको अध्यक्षमा अस्मिता थापा, उपाध्यक्षमा आरुष पाैडेल, सचिवमा रुजन सुनारी मगर, कोषाध्यक्षमा सलन आले मगर, सहसचिवमा विन्दु सुनारी, सदस्यहरुमा विन्दु सुनारी विनिता भुजेल बुद्धिसरा सुनारी केञ्जल कुमाल धनञ्जय गैरे दिलसारु आले मगर सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा आरुष पाैडेल र अस्मिता थापा चयन हुनु भएको छ । 

सो भेलामा कार्यपालिका सदस्य  एवं  बालमैत्री सम्पर्क व्यक्ति गाेपाल पुलामी मगर, वडा बालमैत्री सहजकर्ता दर्शन पुलामी मगर,विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले गर्नुभएकाे थियाे । 

गैँडाकाेट  वडा नं ५  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले बाल समूह सञ्जालको गठन गरेको छ। 

समितिको अध्यक्षमा आशिका साेती, उपाध्यक्षमा आदर्श घिमिरे, सचिवमा लक्ष्मी सापकाेटा, कोषाध्यक्षमा आरुष शर्मा, सहसचिवमा प्रयास श्रेष्ठ, सदस्यहरुमा सजल लामिछाने, अनुष्का दमासे, स‌ंसार अधिकारी, साम्भवी खरेल, सुप्रिया कंडेल, सुप्रिया आचार्य, सम्राट गाैतम, स्वेच्छा श्रेष्ठ, राजन ढकाल, अनमाेल आचार्य, रेजिना मिश्र, दिपिका सापकाेटा, अनुष्का पाैडेल, श्रेया भुसाल, सुष्मा क्षेत्री, शिक्षा आचार्य सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा संसार अधिकारी र साम्भवी खरेल चयन हुनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकाेटा रहनुभएको थियो । सो भेलामा वडा सदस्य एवं न्यायिक समिति सदस्य द्राेण वन, बालमैत्री सम्पर्क व्यक्ति एवं नगर कार्यपालिका सदस्य शान्ति न्याैपाने, विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएकाे थियाे । 

गैँडाकाेट  वडा नं १८  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं १८ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले बाल समूह सञ्जालको गठन गरेको छ। 

समितिको अध्यक्षमा राेनक राना, उपाध्यक्षमा जस्मिन गरङ्जा, सचिवमा बुद्धि सुनारी, कोषाध्यक्षमा सञ्चिता आले, सहसचिवमा राेशनी रुचाल, सदस्यहरुमा मञ्जु आले कल्पना माकिम कृति गन्दर्मा तेजन्द्र सुरपाक सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा राेनक राना र जस्मिन गरङ्जा चयन हुनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि वडा नं १८ का वडा अध्यक्ष तिलबहादुर चिताैरे रहनुभएको थियो । सो भेलामा बाल ज्याेती माध्यमिक विद्यालयका प्रधानाध्यापक सुशिल काेइराल, विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु,बाल ज्याेती माध्यमिक विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा सहजीकरण बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएकाे थियाे ।