कसले बुझ्ने ? कहिले बुझ्ने ?

२०८२ असार २४ मंगलबार १७:३०:०० मा प्रकाशित

 

किन गर्छौ यस्तो व्यवहार 

सबै बुहारी हुँदैनन् खराब

बुहारी पनि त छोरी जस्तै हो

किन बुझ्दैन कुरा घरपरिवार 

छाडी आकि छ जन्मघर उसले 

बुहारी पनि छोरी हो कसैको

हरसम्म प्रयास गर्छिन् आफूले 

पराई घरलाई आफ्नो बनाउन जसले 

थाहा छैन किन गर्छन् अपहेलना 

उसको पनि मन दुख्छ बेलाबखतमा

ऊ पनि त एउटा मानव हो

किन नबुझेको होला उसको वेदना

होइन ठग ऊ होइन चोर पनि 

अरूको जस्तै उसको पनि हो शरीर

हाड, मासु र रगतले बनेको 

ढुङ्गामाटोले होइन, होइन मेसिन पनि 

अरूसँग छ सधैं हाँसी मिठो बोली 

थाहा छैन किन हो बुहारीसँग

जहिले गर्छौ झर्किफर्कि र टर्‍रो बोली

थाहा छैन त्यो दिन आउँछ कहिले

बिस्तारै सबै ठिक होला भनी

कर्तव्य आफ्नो गरेकै हुन्छिन् सधैं 

वर्षौँ बित्दा पनि व्यवहार जस्तो  थियो  पहिले 

समयको  अन्तरालमा पनि 

व्यवहार उस्तै छ अहिले!!!

रेखा श्रेष्ठ 

गैँडाकोट-२, नवलपुर

श्रेष्ठ विगत साढे २ दशकबढी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । अहिले श्रेष्ठ गैँडाकोट ईंग्लीस स्कूलमा आवद्ध रहनुभएको छ । श्रेष्ठले फुटकर कविता सिर्जना तथा प्रकाशन गर्दै आउनुभएको छ ।